• Sunday 18th of October 2026

कांग्रेससँग सहकार्य टुटाएर प्रचण्डले गोर्खाली जनमतको अपमान गरे : मुख्यमन्त्री पाण्डे


  • धनकुटा खबर
  • .

२५ फागुन, गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेससँगको सहकार्य टुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोर्खाली जनताको मतको अपमान गरेको बताएका छन् ।

शुक्रबार गोरखा उद्योग वाणिज्य संघको स्वर्ण जयन्ती कार्यक्रममा बोल्दै उनले निर्वाचनको समयमा प्रचण्डले गोरखाली जनतासँग गरेका वाचाहरु सबै झुठा सावित भएको बताए ।

‘गोरखा क्षेत्र नम्बर २ त्यसमा पनि विशेष गरी २ को २ मा जाँदा त्यहाँको जनतालाई भन्नुहुन्छ के ?’ प्रचण्डलाई प्रश्न गर्दै पाण्डेले भने, ‘चुनावको बेला पाँच वर्ष सँगै हिड्छु । सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री बनाउँछु गण्डकी प्रदेशको र म प्रधानमन्त्री बन्छु भनेर हरेक भाषणमा भन्नुभएको थियो । ५० ठाउँमा बोल्दा ४९ ठाउँमा भन्नुभयो होला यो कुरा, छुट्यो होला एक/दुई ठाउँमा । तर किन जान सक्नुभएन पाँच वर्ष ? किन जान प्रयत्न गरिएन ?’

देशको नेतृत्व गर्ने मान्छे नै अस्थिरताको कारण हुन थालेपछि मुलुकको अवस्था के होला भन्दै उनले चिन्ता व्यक्त गरे । ‘आर्थिक राजनीतिक रुपले हरेक परिस्थितीमा देश अस्थिर बन्न थाल्यो भने त्यो थाम्ने देशको मुलीले हो, तर देशको मुलीले खुलेआम भन्छ म बाचुञ्जेल यस्तै उथलपुथल भइरहन्छ, स्थिरता म हुनै दिन्न, अनि यो मुलुकको भविष्य के हुन्छ !’ पाण्डेले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖