• Sunday 18th of October 2026

इटहरीकाे खनारमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा काका-भतिजको मृत्यु


  • धनकुटा खबर
  • .

इटहरी । सुनसरीकाे इटहरीमामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा नावालक भतिजसहित काकाको मृत्यु भएको छ। शुक्रबार साँझ इटहरीस्थित खनार चोकमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल मोरङको बेलबारीका २३ वर्षीय विपिन दाहाल र उनका ८ वर्षीय भतिज अभि दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। बिपिन र अभि काका भतिज हुन्।

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४१ प ६६१९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्र १–०२–००१ क ४५७८ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको विराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। दुर्घटनापछि ट्रक चालक इटहरी–२ का ३० वर्षीय प्रदीप कोइरालालाई पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖