• Sunday 18th of October 2026

प्रचण्ड सरकारलाई सफल बनाउन झलनाथको आह्वान, नयाँ गठबन्धन बनेपछि जनतामा आशा सञ्चार भएको दाबी


  • धनकुटा खबर
  • .

काठमाडौं, २६ फागुन । नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता तथा पूर्व पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको नयाँ गठबन्धन बनाएकोमा खुशी व्यक्त गरेका छन् । प्रचण्डको उक्त कदमका कारण जनतामा नयाँ आशा सञ्चार भएको खनालको दाबी छ ।

आज (शनिबार) काठमाडौं ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिको रुपा सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् । उनले अहिले वामपन्थीहरुको नेतृत्वमा सरकार बनेकोले यसलाई सफल बनाउनुपर्ने धारणा राखे ।

सम्बोधनको क्रममा उनले भने,‘हाम्रो देशको परिस्थिति बदलिएको छ। हिजो दक्षिणपन्थीहरूको एउटा गठबन्धन थियो। गठबन्धनमा हामी पनि थियौँ तर केही पनि गर्न सक्ने अवस्थामा थिएनौँ। हामी सरकारमा थियौँ तर यो काम गर्‍यौँ भन्न सक्ने अवस्था छैन। नीति कार्यक्रम र बजेट हामीले बनाउन सक्ने अवस्था थिएन। दक्षिणपन्थीहरूको प्रभुत्व भएको गठबन्धन टुटेको छ अहिले। अब वामपन्थीहरूको प्रभाव भएको गठबन्धन बनेको छ। यो घटनाले जनतालाई आशाको सञ्चार गरेको छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖