• Sunday 18th of October 2026

प्रधानमन्त्रीको विश्वासको मत र राष्ट्रिय सभा अध्यक्षको मतदानमा उपस्थिति हुन माओवादीद्वारा ह्वीप जारी


  • धनकुटा खबर
  • .

काठमाडौँ । माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्रीको विश्वासको मत लिने कार्यक्रम र राष्ट्रिय सभा अध्यक्षको मतदानको दिन आफ्नो दलका सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गर्ने निर्णय गरेको छ ।

शनिवार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले यही फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा अनिवार्य उपस्थितिका लागि आफ्ना दलका राष्ट्रिय सभाका सदस्यहरूलाई उपस्थितिका लागि ह्वीप जारी गर्ने निर्णय गरेको माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

यस्तै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रममा प्रतिनिधि सभाका आफ्ना सांसदहरूलाई ह्वीप जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीले विश्वासको मत कहिले लिने भन्ने निश्चित नभए पनि सत्ता गठबन्धन दलहरूबिच सहमति गरेर मिति तय गर्ने तयारी गरिएको छ ।

संसदीय दलको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक विषयका बारेमा, मन्त्रीमण्डल विस्तार र अब कसरी अगाडि बढ्ने भन्ने बारेमा बैठकमा धारणा राखेको प्रमुख सचेतक पाण्डेले जानकारी दिए । यस्तै संसद्को तेस्रो अधिवेशनमा संसद्को कार्यतालिका अनुसार कसरी अगाडि बढ्ने भनेर सांसदहरूलाई प्रस्ट पारेको उल्लेख गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖