• Sunday 18th of October 2026

अब जसपा पनि सरकारमा, आज ११ बजे शपथ


  • धनकुटा खबर
  • .

काठमाडौं, फागुन २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीपरिषद् विस्तार गरेका छन् । जनता समाजवादीलाई समेटेर प्रधानमन्त्रीले मन्त्रीपरिषद् विस्तार गरेका हुन्।

समाजवादीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिदैछन् पार्टीले अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्य मन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय गरेको छ । अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ लिदैछन् भने साह वन तथा वातावरण मन्त्री बन्दैछन्। कार्कीले स्वास्थ्य राज्यमन्त्रीको रुपमा सपथ लिदैछन्।

उनीहरुको सपथ अहिले विहान ११ बजेको लागि तय भएको छ । जसपा र एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही फागुन ३० गते प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने तयारीमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖