• Sunday 18th of October 2026

पाइलट पढ्न पढाई खर्चको लागि १ रुपैया अभियान सुरू गरेका दिपेन्द्रले जुटाए ७३ लाख !


  • धनकुटा खबर
  • .

काठमाडाैं । पढाइका लागि १ रुपैया अभियान थालेका दोलखाका दिपेन्द्र घिशिङले ७३ लाख पैसा सङ्कलन गरेका छन्। आफ्नो बच्चै देखिको सपना पाइलट पढ्न पढाई खर्चको लागि १/१ रुपैया उठाउदैसपना पुरा गर्न लागिपरेका हुन ।

दोलखाको बैतेश्वर गाउँपालिका स्थायी ठेगाना भएका दिपेन्द्र अभिाभावकविहीन छन्। सानै उमेरदेखि पाइलट बन्ने सपनाले मेहनतका साथ पढेपनि प्लस टू पछिको अध्ययन पैसा अभावले रोकिने अवस्था आएको उनले बताए।

आफ्नो समस्या लिएर स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रमा पहल गरेपनि कतैबाट सुनुवाइ नभएको उनको गुनासो छ। एमबीबीएस पढ्ने विद्यार्थीले स्थानीयदेखि संघीय सरकारसम्मको सहयोग पाउने व्यवस्था भए पनि पाइलट पढ्न चाहने विद्यार्थीलाई कसैले सहयोग गर्न नचाहेको दिपेन्द्रले बताए। त्यही कारण एक रुपैयाँ अभियान सञ्चालन गरेर भएपनि पाइलट पढिछाड्ने अठोट उनको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖