• Sunday 18th of October 2026

राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गते


  • धनकुटा खबर
  • .

काठमाडाैं। राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभाका अध्यक्षको निर्वाचन फागुन २९ गतेलाई तोकेको जानकारी गराएकी छन्।

आइतबार बसेको राष्ट्रियसभा बैठकमा उपाध्यक्ष अर्यालले राष्ट्रियसभाका अध्यक्षको निर्वाचन मितिबारे जानकारी गराएकी हुन्। उनले निर्वाचनसम्बन्धी कायक्रमको सूचना प्रकाशित गर्न संसदको महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन समेत दिइन्।

राष्ट्रियसभाका अध्यक्षको निर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुँदैछ। बैठक अघि बसेको कार्यव्यवस्था परामर्श समितिमा कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको मिति सार्न गरेको प्रस्ताव गरेको थियो।

अध्यक्षमा माअ‍ोवादी केन्द्र र उपाध्यक्षमा नेकपा एमालेले उम्मेदवारी दिने सत्ता गठबन्धनबीचमा सहमति भएको छ । तर, नेपाली कांग्रेसले पनि अध्यक्षमा उम्मेदवारी दिने बताएको छ ।

राष्ट्रिय सभामा १७ सांसदसहित नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो दल छ।कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३, लोसपा र राष्ट्रिय जनमोर्चाका एक-एक सांसद छन्। सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक रिक्त छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖