• Sunday 18th of October 2026

प्रचण्डलाई सिटौलाले दिए अब राम्रो नहुने धम्की


  • धनकुटा खबर
  • .

काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । राष्ट्रियसभाको अध्यक्षको निर्वाचन नजिकिएसँगै सिटौलाले राजनीतिक दबाब बढाउनेगरि प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

उनी पार्टीका महामन्त्री गगन थापा र प्रमुख सचेतकसमेत रहेका प्रभावशाली नेता रमेश लेखक लिएर बालुवाटार पुगेका थिए । सो भेटमा उनले आफूलाई धोका भएको विषय उठाउनुको साथै आगामी राजनीतिक यात्रा सहज नहुने भन्दै प्रचण्डलाई धम्कीपनि दिएको स्रोतको दाबी छ ।

सिटौला र प्रचण्डबीच शान्ति प्रक्रियाको थालनी भएदेखि नै सुमधुर सम्बन्ध रहेको छ । सो क्रममा उनले आफूलाई मात्रै नभएर प्रचण्डले कांग्रेसलाई नै धोका दिएको पनि सुनाएका थिए । राष्ट्रियसभाको निर्वाचनमा चुनावी मैदानमा उत्रिँदा नै सिटौलालाई अध्यक्षको उम्मेद्वारको रुपमा चित्रण गरिएको थियो ।

तर, राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मुखमा नै प्रचण्डले आफ्नै दलबाट उम्मेद्वार हुने भनिसकेका थिए । अहिले त प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेका छन् । एमालेसहितको नयाँ गठबन्धन बनाएपछि कांग्रेस नेताहरु प्रचण्डसँग रुष्ट छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖