• Sunday 18th of October 2026

गाउँपालिकाका तत्कालीन अध्यक्ष शेष फारुकसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


  • धनकुटा खबर
  • .

काठमाडौं,२७ फागुन । महोत्तरीको सम्सी गाउँपालिकाका तत्कालीनअध्यक्ष शेष फारुकसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आज तत्कालीन अध्यक्ष शेष फारुक,तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अंसारीसमेत १० जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले सम्सी गाउँपालिका वडा नं ६ मा सञ्चालन भएका योजनामा स्थायी इञ्जिनियरबाट कामकाज नगराई करारको इञ्जिनियरबाट इष्टिमेट र मूल्याङ्कन गराई अनियमितता गरेको भन्नेसमेत व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा चार लाख तीन हजार पाँच सय एकासी रुपैयाँ सट्‍तिस पैसा बढी रकम भुक्तानी दिएको देखिँदा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ बमोजिमको कसुर गरेको हुदा चार लाख तीन हजार पाँच सय एकासी रुपैयाँ सट्‍तिस पैसा कायम गरी सोही ऐनको दफा ८ को उपदफा १ बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर गर्न माग गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

अध्यक्ष फारुक ०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । नेकपाको विभाजनपछि एमालेमा बसेका उनको पद माओवादीले निलम्बित गरेपछि सर्वोच्च अदालत गएका थिए । पछि सर्वोच्चले उनको पद पुनर्वहाली गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖