• Friday 16th of October 2026

१२ वर्षीया छोरीमाथि बाबुले नै बलात्कार गरेपछि…


  • धनकुटा खबर
  • .

अछाममा नाबालिग छोरीमाथि बलात्कार गरेकाे आराेपमा प्रहरीले बुवालाई पक्राउ गरेको छ।

मंगलसेन नगरपालिकामा आफ्नी १२ वर्षिया छोरीमाथि बलात्कार गरेको आरोपमा ३५ वर्षीय बुवालाई प्रहरीले शनिबार साँझ प्रकाउ गरेकाे हो।

पक्राउ परेका माथि प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले जानकारी दिए।

शनिबार दिउँसो घरमा बुवाले छाेरीमाथि बलात्कार गरेकाे थाहा पाएपछि नाबालिकाकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन्। त्यसपछि बुवालाई नियन्त्रणमा लिइएको र म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बालिकाको स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖