• Friday 16th of October 2026

तीनवटी श्रीमतीलाई पालो नपुगेपछि सैनिकले दिए राजीनामा


  • धनकुटा खबर
  • .

काठमाडौं। सीमामा देशको सुरक्षाको जिम्मा र घर परिवार, पत्नी छोराछोरीको चिन्ता, यी दुई कुराहरु लगभग हरेक सैनिकको जीवनमा हुन्छन् । इराकमा यस्तै जटिल परिस्थितिबाट गुज्रिरहेका एक सैनिकले राजीनामा दिए । यी सैनिकले जागिर छोड्नुको कारण निकै अनौडो छ र यही कारणले यो विषय अहिले धेरै चर्चामा छ ।

राजीनामा दिने सैनिकका तीन पत्नी छन् । एक स्थानीय न्यूज पोर्टल न्यास न्युजलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएअनुसार उनका पत्नीहरुले सधैं सेनामा आफ्ना पतिलाई निकै कम विदा दिइने भएकोले आफ्ना पति परिवारसँग बस्नको लागि समय मिलाउन नसकेको गुनासो गरिरहन्थे । श्रीमतीहरुलाई पालैपालो समय पुर्याउन नसकेका ती सैनिकले अन्ततः जागिरबाटै राजीनामा दिए ।

उनका कमाण्डरले भने राजीनामा स्वीकार गर्नुको सट्टा उनलाई १२ दिन विदा दिने निर्णय गरे । उनले ती सैनिक एक श्रीमतीसँग ४ दिनका दरले तीनवटै श्रीमतीसँग बस्न पाउन् भनेर कमाण्डरले विवाद दिएका थिए । विदा पाएपछि भने सैनिकको मन बदलियो र उनले राजीनामा फिर्ता लिए । यी सैनिक इराकको कुन टुकडीमा थिए र उनको पोस्टिङ कहाँ थियो भन्ने खुलाइएको छैन ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖