• Friday 16th of October 2026

प्रयोग गरिएको कन्डममा सर्प फसेपछि


  • धनकुटा खबर
  • .

एजेन्सी। भारतको मुम्बईमा एउटा अनौठो घटना घटेको को छ। एउटा सर्प प्रयोग गरिएको कन्डममा फसेपछि वन विभागले यसलाई बचाउन कडा संघर्ष गर्नुपरेको छ।

टाइम्स अफ इण्डियाको एक रिपोर्ट अनुसार २ जनवरीमा मुम्बईको कांदिवली क्षेत्रमा रहेको ग्रीन मेडोज हाउजिंग सोसाइटीको नजिकै कन्डममा फसेपछि सर्पलाई सास फेर्न गाह्रो भएको थियो । मीता मालावंकर नामकी एउटी महिलाले सर्प कन्डममा फसेको देखेपछि उनले वन बिभागलाई खबर गरेकी थिइन्। ती महिलाले खबर गर्ने बित्तिकै बन विभागको टोली घट्नास्थल पुगको थियो।

सर्प बचाउने बन बिभागका कर्मचारीहरू त्यहाँ पुगेपछि सर्पको टाउकोबाट कन्डम निकाले । उद्धार गरिएको सर्पलाई बोरिवली, मुम्बईको संजय गान्धी राष्ट्रिय निकुञ्जमा लगिएको छ। निकुञ्जका पशु चिकित्सकहरुलेले अहिले सर्प स्वस्थ रहेको जनाएका छन् । यस घट्नामा कण्डमा फाल्ने व्यक्तिका विरूद्ध पशुसँग क्रुर व्यवहार गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖