• Sunday 18th of October 2026

नवगठबन्धनप्रति गोकुलको कटाक्ष: तातो दूधले मुख पोलेको मान्छेजस्तो!


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा माओवादी र एमालेसहितका दलहरु मिलेर बनेको नयाँ सत्ता गठबन्धनप्रति नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले असन्तुष्टि जनाएका छन् ।

सोमबार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै पूर्व सूचना तथा सञ्चारमन्त्री बाँस्कोटाले ‘वामपन्थी कार्यकर्ता’लाई उद्धृत गर्दै माओवादी–एमालेसहितको वर्तमान गठबन्धनप्रति कटाक्ष गरेका हुन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘हिजो आँखा जुध्नासाथ पिरती लाए र दुवैको बोली फुटेपछि पिरतीमा धोखा भन्दै डिभोर्स गरे। आज गामघरतिर जाँदा वामपन्थी कार्यकर्ता हसाउँदै भन्छन्( सत्ता गठबन्धन त तातो दूधले मुख पोलेको मान्छेले मोही दिँदा पनि फुकेर खान्छ नि, हो त्यस्तो हालतको अवस्थामा छ रे!’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖