• Friday 16th of October 2026

कम्पनीले अब नबेहोर्ने ! हिरो बाइक तथा स्कुटरको वारेन्टी अब कसले बेहोर्छ?


  • धनकुटा खबर
  • .

तीन साताअघि नेपाल जनरल मार्केटिङ प्रालि (एजिएम) ले हिरो मोटरसाइकल तथा स्कुटरको वारेन्टी दायित्व आफूले बेहोर्न नसक्ने बताउँदै प्रेस नोट जारी गर्‍यो।

गत माघमा नेपाली बजारमा हिरो मोटोकर्पको आधिकारिक वितरकको रूपमा सिजी मोटर्स छनौट भएको छ। यसअघि ज्योति ग्रुपअन्तर्गतको एनजिएमले हिरोका सवारी साधन बिक्री वितरण गर्दै आएको थियो।
अब भने हिरो मोटरसाइकल तथा स्कुटरको वारेन्टी दायित्व सिजी ग्रुपको भएको समूहका जनरल म्यानेजर मधु पौडेलले बताए।

हिरोका बाइक तथा स्कुटरको आधिकारिक आयातकर्ता सिजी मोटर्स घोषणा भएकाले यसको जिम्मेवारी सिजीकै हुने उनले बताए।
यसबीच ग्राहकलाई समस्या नहोस् भनेर सिजी मोटर्सले उत्पादक कम्पनीसँग समन्वय गरिरहेको पनि उनले जानकारी दिए।

‘हिरो मोटरसाइकल र स्कुटरधनी अब सिजीका ग्राहक हुन्। हामी ग्राहकलाई समस्यामा पर्न दिने छैनौं,’ पौडेलले भने, ‘वारेन्टी दाबी लगायत विषयमा हामी सचेत छौं। ग्राहकले हामीमार्फत सेवा पाउनु हुनेछ।’

सिजीले बजार व्यवस्थापन र सेवाबारे काम गरिरहेको उनले बताए।
उनका अनुसार हिरो मोटोकर्प र सिजी मोटर्सबीच संयुक्त रूपमा नेपालमै दुईपांग्रे एसेम्बलका निम्ति पूर्वाधार समेत बनाउने सहमति भएको छ।

नवलपुरमा बन्ने यो एसेम्बल कारखानाबाट वार्षिक ७५ हजार वटा दुईपांग्रे उत्पादन गर्ने कम्पनीको योजना छ। सन् २०२४ देखि यो कारखाना सञ्चालनमा ल्याउने तयारी छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖