• Friday 16th of October 2026

जंगली बदेल र चित्तलको ५४ किलो मासु बरामद !


  • धनकुटा खबर
  • .

धनगढी : धनगढीमा जंगली बदेल र चित्तलको ५४ किलो मासु बरामद गरिएको छ ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरी चौकी कैलाली गाउँबाट खटिएको टोलीले आइतबार धनगढी उपमहानगरपालिका–१३ बाट ६१ किलो मासु बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले से २ प ३७९६ नम्बरको मोटरसाइकलमा बेवारिसे अवस्थामा उक्त मासु बरामद गरिएको जानकारी दिए ।

उनकाअनुसार जंगली बदेलको जस्तो देखिने ३८ किलो र चित्तलको जस्तो देखिने १६ किलो गरेर ६१ किलो मासु बरामद गरिएको हो । जसमा ७ किलो आन्द्रा, भुडीसहितकाे रहेकाे छ ।

बरामद गरिएको मोटरसाइकल र मासु आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धनगढीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖