• Sunday 18th of October 2026

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्विप


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।

आज बिहान बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको हो।

अघिल्लो सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ गठबन्धन बनेसँगै सरकारमा सामेल भएको थियो। प्रतिनिधि सभामा रास्वपाका २१ सांसद छन्।

सरकारमा उपप्रधानसहित चार मन्त्रालय रास्वपाले लिएको छ। विश्वासको मतबारे निर्णय गर्न सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖