• Sunday 18th of October 2026

इटहरीमा मोटरसाइकलको ठक्करबाट ७८ वर्षीया वृद्धाको मृत्यु


  • धनकुटा खबर
  • .

सुनसरी। सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित पिपलचोकमा गए राति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी–२ की ७८ वर्षीया चन्द्रकुमारी बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्र्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। कोशी राजमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको प्र१–०२–०४०प ४४८३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी बोहोराको उपचारका क्रममा विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ। पैदलयात्री वृद्धाको तीव्रगतिमा रहेको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सोही मोटरसाइकलकको ठक्करले ५८ वर्षीय गोविन्दबहादुर बोहोरा घाइते भएका छन्। उनको उपचार भइरहेको छ। मोटरसाइकल चालक तत्काल फरार रहेकाले खोजतलास भइरहेको र घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖