• Sunday 18th of October 2026

युवतीलाई होटेलमा बेहोस बनाएर २ युवा फरार, युवतीको ज्यान गएपछि..


  • धनकुटा खबर
  • .

काठमाडौं । जनकपुरधामको सिटी स्टार फैमली होटेलमा बेहोस भेटिएकी एक युवतीको मृत्यु भएपछि सँगै आएका युवाहरूको खोजी भइरहेको छ । उनको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुई युवक भने फरार भएका छन् ।

रामानन्दचोकस्थित सिटी होटलको कोठामा मंगलबार बिहान साढे ८ बजेतिर पोखराकी अन्दाजी २७ वर्षीया खुसखु सुनार बेहोस अवस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवालले बताए ।

युवतीलाई अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । सँगै बसेको भनिएका दुई युवकको खोजी भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖