• Friday 16th of October 2026

सिन्धुपाल्चोकबाट १ किलो सुनसहित तामांग पक्राउ


  • धनकुटा खबर
  • .

सिन्धुपाल्चोकबाट १ किलो सुनसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भोटेकोशी गाउँपालिका ५ मार्मिङ बस्ने २३ वर्षीय थारचेन तेम्बा तामाङ छन् ।

उनलाई बाह्रबिसे नगरपालिका ३ खुर्सानी बारीबाट करिब १ किलो सुनजस्तो देखिने वस्तुसहित सोमवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले भे ११ प ५५५८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनले पेटमा बाँधेर ल्याएको सुन बरामद भएको थियो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖