• Friday 16th of October 2026

माछा नखुवाएको भन्दै भाँडिएको बिहे गए राती सम्पन्न


  • धनकुटा खबर
  • .

खानको विषयलाई लिएर बेहुला र बेहुली पक्षबिच कुटाकुट भएपछि भाँडिएको बिहे गए राती सम्पन्न भएको छ।

पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं-४ को मधवल टोलमा गत सोमबार बेहुला पक्षधरहरुले खानामा माछा नखुवाएको भन्दै भनाभन गरेपछि कुटाकुट नै भएको थियो। कुटाकुटमा परी बेहुलाका बुबा घाइते भएका थिए। त्यस पछि बिहे नै भाँडिएको थियो।

गत सोमबार देखि नै दुवै गाउँका अगुवा समाजसेवीहरूले बिहे हुनुपर्ने अडान राख्दै निरन्तर छलफलमा लागेका थिए। छलफलमा अगुवाहरूद्वारा फेरि बिहे गराउने निष्कर्षका साथ बेहुला र बेहुलीका परिवार लगायत आफन्तहरू रद्द गरिएको बिहे राजी खुसीका साथ फागुन २८ गते सोमबार नै बिहे गर्ने सहमतिमा पुगेसँगै गए राती अबेर बिहे सम्पन्न भएको बताइएको छ।-बिमला गुप्ता/नागरिक न्यूज

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖