• Sunday 18th of October 2026

पूर्व प्रदेश प्रमुख धर्मनाथ यादवको ८० वर्षको उमेरमा निधन


  • धनकुटा खबर
  • .

सिरहा । नेकपा एमालेका पुराना नेता तथा लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख धर्मनाथ यादवको ८० वर्षको उमेरमा निधन भएको छ। सिरहाको सुखिपुर नगरपालिका ६ खरही टोलमा विसं २००० सालमा जन्मेका नेता यादवको आज आफ्नै निवास गोलबजारमा निधन भएको हो।

लामो समयदेखि विभिन्न रोगबाट पीडित यादव केही समय पहिलायता प्यारालाईसीसले थलिएका थिए। उनी छोरा बुहारीसँगै गोलबजार नगरपालिका ६ मा बस्दै आएको र आज अपराह्न निधन भएको नेकपा एमाले सिराहाका उपसचिवसमेत रहेका गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठले जानकारी दिए।

विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका यादवले २०१६ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । सदस्यता लिएदेखि निरन्तर रूपमा कम्युनिस्ट पार्टीमै सक्रिय यादव २०७६ कात्तिक १८ गते गण्डकी प्रदेश प्रमुख बनेका थिए। उनको आजै जन्मथलो सिरहाको सुखिपुरमा लगेर अन्तिम संस्कार गरिने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖