• Sunday 18th of October 2026

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने प्रयोजनार्थ नाउपाद्वारा ह्वीप जारी


  • धनकुटा खबर
  • .

काठमाडौं, २९ फागुन । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । नाउपा संसदीय दलको नेता रहेकी रञ्जिता श्रेष्ठ चौधरीले सरकारलाई विश्वासको मत दिने प्रयोजनार्थ आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेकी छिन् ।

नाउपाले प्रतिनिधि सभाको बैठकमा अनिवार्य रुपमा उपस्थित भएर प्रचण्डले आफूमाथि प्रतिनिधि सभाको विश्वास भनी रोखको प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री प्रचण्डले फाल्गुन ३० गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖