• Friday 16th of October 2026

धनकुटामा सवारी दुर्घटना,एकको मृत्यु


  • धनकुटा खबर
  • .

धनकुटा । धनकुटाको सांगुरीगढीमा सवारी दुर्घटना भएको छ ।

आज अं. १८:४५ बजेको समयमा धनकुटाको साँगुरीगंढी गाउंपालिका वडा नं ६ गर्जुवा स्थित कोशी लोक मार्गमा भेडेटारबाट मुलघाट तर्फ जादै गरेको को १ च ३२८० नम्बरको मारुती भ्यान र विपरीत दिशाबाट जादै गरेको को ३३ प ८३५७ नम्बरको मोसा एक आपसमा ठोक्किंदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा ३ जना घाइते भएको र ३ जनाकै अवस्था गम्भिर रहेकोले तत्काल उपचारको लागी धरान घोपा तर्फ पठाईएकोमा घाइते २५ बर्षीया दिवश तामाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजबाबु महर्जनले जानकारी दिनु भयो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖