• Friday 16th of October 2026

बाल यौन दुर्व्यवहार आरोपमा पोखरा सभागृहका पुरूष पक्राउ


  • धनकुटा खबर
  • .

पोखराका एक पुरुष बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका छन् ।

पोखरा ८ सभागहृ बस्ने ४६ वर्षीय सुरेश श्रेष्ठले १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको जाहेरी परेपछि कास्की प्रहरीले पक्राउ गरेको हो ।

कास्की प्रहरीका अनुसार फागुन २८ गते बिहान साढे ७ बजे बालिकालाई श्रेष्ठले यौन दुर्व्यवहार गरेका थिए ।

उनलाई आज घरबाटै पक्राउ गरी बालबालिका विरुद्ध कसूर (बाल यौन दुर्व्यवहार) मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖