• Sunday 18th of October 2026

गृहमन्त्री लामिछानेको अर्को एक्शन, आरती साहको परिवारलाई न्याय दिनेगरि सहमति


  • धनकुटा खबर
  • .

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले धनुषाकी आरती साहको परिवारलाई न्याय दिलाएर छाड्ने प्रतिबद्धता जनाएका छन् । आज गृहमन्त्रालयमा अवेर राति भएको सहमतिपछि गृहमन्त्री लामिछानेले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनले पीडित परिवारलाई न्याय दिलाउनको लागि आजैबाट मातहतका निकायलाई निर्देशन दिने बताए । यत्तिका दिनसम्म आरतीको न्यायको लागि अहोरात्र खटिएकाहरुलाई पनि उनले धन्यवाद ज्ञापन गरे ।

उनले भने,”आरतीको लागि न्यायको लागि सबैबाट भएको प्रयासलाई म धन्यवाद भन्न चाहन्छु । आजको सहमतिपछि पीडित परिवारले आन्दोलन फिर्ता लिनुभयो । अब कसैलेपनि आफ्नो न्याय पाउनको लागि यति धेरै दिन आन्दोलन गर्नुपर्ने दिन नआओस ।”

सो सहमति पत्रमा हस्ताक्षर हुँदै गर्दा सुरुदेखि नै आरतीको परिवारको न्यायको लडाईंमा साथ दिँदै आएका आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहपनि सहभागी थिए । प्रभु साहले आरतीको न्यायको लागि पटक पटक संसद्मा आवाज उठाएका थिए । आरतीको परिवार अनशन बसेको माइतीघरमा पनि प्रभु साह पटक पटक उभिएर आन्दोलन र मागप्रति ऐक्यबद्धता जनाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖