• Sunday 18th of October 2026

प्रचण्डसँग बदला लिने मुडमा देउवा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत लिन समय नजिकिँदै गर्दा कांग्रेसले आन्तरिक छलफल तीब्र बनाएको हो ।

कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले एमालेसहितको सरकार बनाएपछि देउवा निकै आक्रोशित छन् । विपक्षी गठबन्धनका बारेमा उनले विभिन्न दलहरुसँछ छलफलसमेत गरिरहेका छन् ।

जारी पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा संसद्मा प्रतिपक्षीको भूमिकाको बारेमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖