• Sunday 18th of October 2026

प्रभु साहले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने


  • धनकुटा खबर
  • .

काठमाडौं, ३० फागुन । आम जनता पार्टीको सचिवालय बैठक सम्पन्न भएको छ । पार्टी मुख्यालय, कोटेश्वरमा आज (बुधबार) बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । आजपाका अध्यक्ष तथा सांसद प्रभु साहले यसअघि पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका थिए ।

अध्यक्ष साहले आफूले शर्तसहित प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । उनले अहिले देशमा लोकतन्त्रको ठाउँमा दलतन्त्र हाबी भएको हुँदा व्यवस्था नै असफल भैसकेको दाबी गरे । ठूला दलका शीर्ष नेताहरुको सिण्डिकेटको कारण मुलुक बन्धक बनेको उनको भनाई थियो ।

आफूले अन्तरिम संविधानसभा सदस्य, संविधानसभा सदस्य हुँदै संविधान जारी भएपछिका दुई वटा संसद्को निर्वाचनमा जितेर अहिलेसम्म आईपुग्दा पटक पटक संविधान गलत रहेको भनेर आफूले राखेको विमति पुष्टि भएको पनि स्मरण गराए । अहिले आफूले परिवर्तनलाई आत्मसात गर्ने पँक्तिलाई सम्मान गर्नको लागि पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन लागेको साहले स्पष्ट पारे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖