• Monday 19th of October 2026

राष्ट्रिय सभा सदस्यले पनि प्रधानमन्त्री बन्न पाउनुपर्छ :वामदेव


  • धनकुटा खबर
  • .

काठमाडौं,३० फागुन । राष्ट्रिय एकता अभियानका संयोजक एवं राष्ट्रिय सभाका मनोनीत सांसद वामदेव गौतमले राष्ट्रिय सभाका सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने बताएका छन् ।

आज बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका गौतमले संविधानले दुवै सदनका सदस्यलाई बराबर मान्ने दाबी गर्दै राष्ट्रिय सभाका सदस्यलाई दोस्रो दर्जाका रुपमा मान्न नहुने बताए ।

‘राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्रीको उम्मेदवार बन्न पाउने व्यवस्था हुनुपर्छ । राष्ट्रियसभा र प्रतिनिधिसभाका सदस्यहरूको संलग्नता भएको प्रस्तावबाट मात्रै प्रधानमन्त्रीलाई अविश्वास गर्न पाउने व्यवस्था हुनुपर्छ,’ उनले भने ।

राष्ट्रियसभा सदस्य गौतमले राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभा सभामुखबाहेक अरु कसैलाई पनि महाअभियोग लगाउँदा राष्ट्रियसभा सदस्यहरूको संलग्नता बेगर लगाउन नपाउने व्यवस्था राख्नुपर्ने बताए । उनले दुवै सभाबाट उत्पत्ति हुने विधेयक अन्तिममा पारित गर्ने अधिकार प्रतिनिधिसभालाई नभई संघीय संसदको संयुक्त बैठकलाई हुनुपर्ने बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖