• Friday 16th of October 2026

मलेसिया गएका गोविन्द श्रावणदेखि सम्पर्कविहीन


  • धनकुटा खबर
  • .

सुर्खेत लेकबेसी गाउँपालिका–८ का गोविन्द श्रीष मगर एक वर्षदेखि मलेसियाबाट सम्पर्कविहीन भएका छन् ।

विवाहित गोविन्द परिवारको जेठो छोरा भएकाले घरमा वृद्ध आमा, बुवा, श्रीमती र दुई जना बच्चाको सुनौलो भविष्य निर्माणका लागि १० वर्षअघि मलेसिया गएका थिए । शुरुमा २ वर्ष अवधि पूरा गरेर छुट्टीमा घर आएका गोविन्द लामो समयसम्म स्वदेश नफर्किए पनि घरपरिवारसँग गत वर्षसम्म फोन सम्पर्क भइरहेको श्रीमती भावना मगरले बताइन् ।

गत वर्षसम्म राम्रैसँग कुराकानी गर्ने श्रीमान् श्रावणदेखि एक्कासी सम्पर्कविहीन भएपछि परिवारमा सन्नाटा छाएको दुःखेसो पोख्दै भावना भन्छिन्, ‘छोराकै पीरले ससुरा थला परेपछि अहिले प्यारालाइसिससँग लडिरहनुभएको छ ।’

बुवा भूपेन्द्र मगर र आमा पवित्रा मगरको जेठो सन्तान गोविन्दले श्रावणदेखि फोन, फेसबुक सबैबाट ब्लक गरेर सम्पर्कविहीन भएकाले खोजी गरिदिन नेपाल सरकार तथा मलेसियास्थित नेपाली दूतावासका साथै त्यहाँस्थित विभिन्न सामाजिक संघसंस्थासँग गुहार माग गरेकी छन् भावना मगरले । गोविन्द र भावनाका छोरी कक्षा ५ र छोरा कक्षा ४ मा पढ्छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖