• Monday 19th of October 2026

अब अर्को सरकार बनाउने कुनै प्रयास हुँदैन: योगेश भट्टराई


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले अब अर्को कुनै सरकार बनाउने प्रयास नहुने बताएका छन् ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले संसदको वर्तमान कार्यकाल रहेसम्म अहिलेको सरकार कायम रहने बताए ।

‘अब अर्को कुनै सरकार बनाउने प्रयास हुँदैन । वर्तमान सरकारको निर्णायक शक्तिको रुपमा रहेको एमालेले प्रधानमन्त्रीलाई समर्थन गरिसकेको छ’, उनले भने, ‘सरकारलाई आउने चार वर्षसम्म सहज रुपमा चल्न दिने दायित्व एमालेको हो ।’

वर्तमान सरकारले नै मुलुकमा देखिएका समस्या हल गर्ने भट्टराईको दाबी छ ।

उनले अहिले नै गठबन्धनभित्र आलोपालो प्रधानमन्त्रीको कुरा नभएको र एमालेले प्रधानमन्त्री पाउन कुनै दाबीसमेत नगरेको जिकिर गरे ।

‘१५-१५ महिना प्रधानमन्त्री पदको बाँडफाँट गर्ने सहमति पनि छैन’, भट्टराईले भने, ‘धेरै कुरामा त्याग गरेर नयाँ समीकरण बनेको छ । पदभन्दा पनि समीकरणलाई बलियो बनाउन ध्यान केन्द्रित गर्ने हो ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖