• Friday 16th of October 2026

यिनै हुन् खाजा घर सञ्चालन गरी नाबालिका मार्फत यौनधन्दा गराउने


  • धनकुटा खबर
  • .

काठमाडौं । होटल तथा खाजा घर सञ्चालन गरी नाबालिकालाई यौनधन्दामा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर जिल्ला घर भई हाल काठमाडौं बस्ने ३८ वर्षीय हिरन राई छन् ।

उनलाई बुधबार मानव बेचबिखन तथा ओसारपसार ब्युरोले पक्राउ गरेको हो । ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलका अनुसार गोकर्णेश्वर नगरपालिका ५ शिवचोकमा उनले कालिञ्चोक स्टाफ होटल तथा खाजा घर सञ्चालन गरिरहेका थिए ।

फुयाँलका अनुसार होटलबाट दुई जना नाबालिकालाई उद्धार गरिएको छ । प्रारम्भिक अनुसन्धान अनुसार राईले आर्थिक अवस्था कमजोर भएका नाबालिकालाई होटलमा ल्याउने गरेका थिए ।

ग्रामीण भेगका ती नाबालिका कम पढे लेखेका हुन्थे । उनले खाजा घरमा ल्याएर सरसफाइको काम लगाइदिने, आकर्षक तलब सुविधा दिन्छु भन्ने गरेका थिए । राईले खाजा घरमा आउने ग्राहकलाई बालिकाहरू रोज्न लगाउँथे । रोजेकी बालिकालाई शारीरिक सम्पर्क राख्न दबाब दिन्थे ।

यस घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजतलास तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राईलाई अदालतबाट हिरासतमा राख्न अनुमति लिई अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖