• Friday 16th of October 2026

नक्कली सुन धितो राखेर बैंकबाट ४ करोड ऋण!


  • धनकुटा खबर
  • .

नक्कली सुन धितो राखेर बैंकबाट चार करोड ऋण लिइ नतिरी फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

सप्तरीको कञ्चनरूप नगरपालिका-८ घर भई काठमाडौंको बौद्ध बस्ने ४१ वर्षीय टोकनाथ साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्धस्थित हायात होटलबाट पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार साहले नक्कली सुन धितो राखेर नेपाल बैंक लिमिटेडबाट ४ करोड १४ लाख ८४ हजार रूपैयाँ ऋण लिएका थिए।

ऋण लिएर फरार भएपछि उच्च अदालत विराटनगरले उनीविरुद्ध ९८ लाख ८५ हजार ५६४ रूपैयाँ बिगो र तीन वर्ष कैद फैसला सुनाएको थियो। उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाइएको एसपी रेग्मीले जानकारी दिए।

एसपी रेग्मीका अनुसार साहले अमेरिका लैजान्छु भनेर युवायुवतीलाई ठगी गर्ने गरेको पनि पाइएको छ।

रवाफपूर्ण जीवनशैली देखाउने, अमेरिकाको सबै ठाउँ घुमेको बताउने र कोटा थोरै भएकाले पहिले जो आउँछ त्यसलाई अमेरिका लैजाने भन्दै कैयौंबाट रकम ठगेको अनुसन्धानबाट खुलेको छ।

उनले विभिन्न कम्पनीका १५ थान सिम प्रयोग गर्ने गरेको पनि एसपी रेग्मीले जानकारी दिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖