काठमाडौं। केन्द्रमा गठबन्धन परिवर्तन भएपछि त्यसको असर प्रदेश सरकारमा पनि देखिएको छ। केन्द्रमा नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ गठबन्धन बनेपछि कांग्रेस नेतृत्वमा रहेका प्रदेश सरकार जोगाउन मुख्यमन्त्रीहरुको दौडधुप सुरु भएको छ।
यसैबीच कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलगायतका नेता काठमाडौंमा आएका छन्। मुख्यमन्त्री कार्कीसहितका नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा छलफल गरिरहेका छन्। सभापति देउवा देउवाले पदािधकारीसहित कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलगायतका नेतासँग छलफल गरेका हुन्।
सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ (५) अनुसार केदार कार्की २७ असोजमा कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए।
उनले १ कात्तिकमा विश्वासको मत लिँदा राप्रपाका ६ सांसद बाहेक नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)का सांसदहरुले विश्वासको मत दिएका थिए।
