• Monday 19th of October 2026

गृहमन्त्रीमाथि प्रश्न उठाउँदै कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसले सहकारी विवादमा मुछिएका गृहमन्त्री रवि लामिछाने र सहकारी पीडितका समस्याबारे प्रधानमन्त्रीबाट जवाफ माग गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद बद्री पाण्डेले पछिल्लो पटक प्रधानमन्त्रीले पुनर्गठन गरेको मन्त्रिमण्डलमा उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारी अनुसन्धानको दायरामा रहेका सदस्यलाई सुम्पेपछि प्रधानमन्त्रीप्रतिको झिनो आशा धुजा धुजा भएको बताए ।

साथै उनले बुधवारको बैठकमा कांग्रेस सांसदहरूले उठाएका विषयमा प्रधानमन्त्रीको जवाफमा नेक्लिजेन्सी भएकाले कांग्रेस चिन्तित भएको बताए । ‘यस परिस्थितिमा अनुसन्धानको कमान्ड सम्हाल्नुपर्ने गृहमन्त्री नै अनुसन्धानको दायरामा हुनुले एकातिर गम्भीर नैतिक प्रश्न खडा भएको छ भने अर्कोतिर अनुसन्धान नै प्रभावित हुने आशङ्का बढाएको छ’, पाण्डेले भने, ‘गृहमन्त्रीले अन्य दोषीलाई कसरी कानुनी कारबाहीको दायरामा ल्याउनुहुन्छ ?’

गृहमन्त्रीलाई शिखण्डी बनाएर गठबन्धन दलले अर्बौँ ठगी गर्नेहरूलाई (ठुला माछा) उम्काउने प्रयास त भइरहेको छैन भन्दै पाण्डेले प्रश्न गरे । उनले सरकारले आफूहरूले उठाएका प्रश्नमा प्रधानमन्त्रीले जवाफ नदिए कठोर रूपमा प्रस्तुत हुन बाध्य हुने चेतावनी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖