• Monday 19th of October 2026

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार युवक कुवेतबाट पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । लागु औषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कुवेतबाट पक्राउ परेका छन् । ईलाम नगरपालिका-१२ ठेगाना भएका २९ वर्षीय रोशन राईलाई एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको हो।

ईलाम नगरपालिका-९ ठेगाना भएका २५ वर्षीय विकास बसेल समेत ३ जनालाई अवैध लागु औषध खैरो हेरोइन ३७ ग्राम ५ सय मिलिग्राम र डिजिटल तराजु १ थानसहित गत साउन २६ गते काठमाडौँका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको थियो । थप अनुसन्धान एवम् सोधपुछको क्रममा उक्त लागु औषधको कारोबारमा रोशन राई समेतको संलग्नता रहेको खुल्न आएपछि अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट यही पुस २५ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो । उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरमा बुझाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖