• Monday 19th of October 2026

माधव नेपाललाई प्रधानमन्त्री बनाउनेबारे लिखित रूपमा सहमति भएको छैन् : सूर्य थापा


  • धनकुटा खबर
  • .

काठमाडौं, १ चैत्र । नेकपा (एमाले) का सांसद सूर्य थापाले माधव नेपाललाई प्रधानमन्त्री बनाउने भन्नेबारे नयाँ गठबन्धनमा कुनै लिखित सहमति नभएको दाबी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पत्रकार धमलाले प्रधानमन्त्री पुष्पकमल दाहालपछि माधव नेपाललाई प्रधानमन्त्री बनाउने सहमति भएको हो ? भनेर सोधेको प्रश्नमा सांसद थापाले भने–‘पावर सेयरिङ गर्नुपर्छ भनेर माधव नेपालले भनिरहनुभएको, तर लिखित रुपमा यस्तो सहमति भएको जानकारी छैन् ।’

उनले आफूहरुले आफ्नो अध्यक्ष केपी शर्मा ओलीसँग पनि कुराकानी गरिरहेको स्मरण गराउँदै पावर सेयरिङबारे कुनै लिखित सहमति नभएको जिकिर गरे । उनले अहिले प्रधानमन्त्री, राष्ट्रियसभाको उपाध्यक्ष र एक मुख्यमन्त्री बनाउने विषयमा कुनै सहमति नभएको स्पष्ट पारे ।

उनले वर्तमान प्रचण्ड नेतृत्वको सरकार तरबारको धारमा रहेको टिप्पणी गरे । उनले अब प्रधानमन्त्री प्रचण्डले फुकी फुकी पाईला चाल्नुपर्ने बेला रहेको सुनाए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖