• Friday 16th of October 2026

श्रीमान्‌ले गरे श्रीमतीको हत्या


  • धनकुटा खबर
  • .

सिरहा । सिरहामा श्रीमान्‌ले श्रीमतीको धारिलो हसियाले घाटी रेटी हत्या गरेका छन् ।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुरमा ६० वर्षीय रामसितल दासले श्रीमती ५५ वर्षीया कुमिया देवी दासको धारिलो हतियारले घाटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख सन्तोष आचार्यले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाले श्रीमतीको हत्या अभियोगमा श्रीमान्‌ साहलाई नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख सन्तोष आचार्यले बताए ।

सिरहा एक साता नबित्दै तीन जना महिलाको हत्या भएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖