• Friday 16th of October 2026

यि हुन् दुबई पठाउँछु भन्दै ठग्ने भण्डारी


  • धनकुटा खबर
  • .

काठमाडौँ । दुबई पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको बन्दिपुर घर भएर काठमाडौँको मैतीदेवी बस्ने ४५ वर्षीय विष्णु बहादुर भण्डारी छन् ।

दुबईमा मासिक ७० हजार तलब हुने कम्पनीमा जागिर लगाइदिन्छु भनेर पीडितसँग २ लाख ५० हजार लिएपछि उनी सम्पर्क विहीन भएका हुन् ।

आरोपीलाई काठमाडौँको बत्तिसपुतलीबाट पक्राउ गरेर कानुनी कारवाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖