• Friday 16th of October 2026

सगोत्री विवाह गर्नुहुँदैन भन्ने मान्यता यसकारण अनुपयुक्त, कुन थरको मितेरी सम्वन्ध अर्को कुन थर संग ?


  • धनकुटा खबर
  • .

काठमाडौं – गोत्र अबधारणा अनुसार सगोत्री विवाह गर्नु हुँदैन भन्ने मान्यता धेरै कारणले उपयुक्त देखिँदैन । माथि प्रवरको आधारमा एक गोत्रबाट नै विभिन्न प्रवर गोत्र बनेको देखिन्छ भने प्रवरबाट समेत अनेक गोत्र भएका हुनन् । प्रवर अनुसार गोत्र फरक हुनेबित्तिकै विवाह नभएका हाेइनन्, भएका छन् । अर्कोतिर वैदिक कालदेखि अहिलेसम्म विभिन्न जातिसँग रक्त समिश्रण भइसकेको छ, वैदिक कालदेखि नै सजातीय र बिजातीय अनेक विवाह हुँदै आएको छ, यसैले रक्त शुद्ता र जातियता भन्ने कुरा नामेट भइसकेको छ ।

उत्तर वैदिक कालमा नियोग प्रथाबाट समेत सन्तान भएका छन् । कौरव र पाण्डव मध्ये नियोगबाट जन्मेका धृतराष्ट्रको सन्तान कुरु वंशी कौरव कहलाइए, तर नियोगबाटै जन्मेका भए पनि पाण्डवका पाँच छोराहरू कुन्ती र माद्रीले नियोगबाट जन्माएका हुँदा कुरु वंशका भएनन्, केवल पाण्डव मात्र कहलाइए । नवौँ शताव्दिमा नेपालमा खसहरूले जनै लगाए पश्चात् पण्डितहरूले आफूखुसी उनीहरूको गोत्र राखिदिएका छन् । नत्र एकै जातका व्यक्तिहरूको विभिन्न गोत्र हुने थिएन ।

बाम्हणमध्ये जोशीको अनेक गोत्र छ, रिमालको अनेक गोत्र छ, क्षत्रीहरूमा सिजापतिको पनि अनेक गोत्र छ भने थापा विष्ट, खड्का, कार्की आदि थुप्रै जातका क्षत्रियहरूको समेत अनेक गोत्र छ । नेपालमा डोला प्रथा र घर हाल्ने प्रथा गरेर दुई प्रथा प्रचलित थियो । डोला प्रथामा विहे गर्ने कन्यालाई ल्याएर घरको सबै संस्कार, बोलिचाली, अदब तमिज सिकाएर बिबाह गरिन्थ्यो । यो प्रचलन राजा राजपरिवारमा कायमै थियो । घरहाल्ने प्रथामा डोलाको विपरित गरिन्छ, केटाको गोत्रलाई ससुराको गोत्रमा परिवर्तन गरिन्छ, सासुससुराको काजकिरिया गराइन्छ र यिनबाट जन्मेका सन्तानको गोत्र घरपट्टि नगएर मावलीपट्टि जान्छ । “सगोत्री विवाह गर्नु हुन्न” भन्ने कुरा शास्त्र सम्मत भए पनि प्रवर, रक्त समिश्रण, घरहाल्ने प्रथा र नेपाली गोत्रको आधार र रक्त शुद्धताको आधारमा हेर्ने हो भने यसमा कुनै तुक भने छैन ।

तपाईंलाई थाहा छ, कुन थरको गोत्रीय मितेरी सम्वन्ध अर्को कुन थरसंग हुन्छ ?

१.अंगिरस–जोशी (सिलाई), सेढाई, शौनक,

२.शाही अगस्ति– ढुंगेल

३.अगस्त्य

४.अत्रि–चापगाईँ, बस्ती, मिश्र, खतिवडा, मल्ल, ओझा, अधिकारी, गोतामे

५.अपस्थंभ, आत्रेय–दवाडी, दुलाल, पौडेल, थापा (पुवार, खुलाल, कालिकोटे र बगाले) पोखरेल (पानी), कालिकोटे (खड्का), अर्याल, सिग्देल

६.उषानस, कश्यप–शाह, शाही, ठकुरी, रायमाझी, घिमिरे, गोदार (थापा), कठायत, गर्तौला, अधिकारी (भँडारे, खिलचिने र कौवाली), बोगटी, बुढाथोकी (सोडारी), पाँडे (सिमलदिया र बडखोरा), बडाल, श्रेष्ठ, लिम्बू, राई, शेर्पा तथा गोत्र तथा थरको पत्ता नभएको र पशु–पंछीहरुको

७.कात्यायन, कौडिन्य–आचार्य, न्यौपाने, प्याकुरेल, पनेरू, सापकोटा, सत्याल, मरासिनी, पराजुली, बास्कोटा, त्रिताल, खड्का (कमलकोठे), थापा(गाम्ले र बगाले)

८.गौतम घृतकौशिक–सुतार, कार्की, बराल, पण्डित, खनाल, नेपाल

९.उपमन्यु – मैनाली, ढकाल, बर्तौला, भट्ट (दुवाल), पाँडे
कौशिक – रेग्मी, खपतरी (खड्का, बिष्ट, बुढाथोकी र बस्नेत), खड्का, बिडारी, रिमाल, लामिछाने, ढुङ्गाना, धिताल, तिवारी, माझी, लुईँटेल, पुडासैनी, बानियाँ, रघुवंशी, भन्डारी, बस्ताकोटी

१०.माण्डव्य– बजगाईँ, ज्ञवाली, पन्थी, मास्के, बजाइ, जमदग्नी, दक्ष, पराशर–मरहठ्ठा, लामा (कार्की), कट्टेल

११. बशिष्ठ– सुयल (घर्ती), राउत, भट्टराई, सुयल (थापा), दवाडी, थान्सिङे, भन्डारी, खरेल, चालिसे, मुडबरी

१२.धनञ्जय– हुमगाईँ, रिजाल, पङ्गेनी, बसेल, कुकुरकोटे, गुरागाईँ, खुलाल, बस्नेत, भुसाल, खुलाल (बुढाथोकी), गौरीपिल्ली बृहस्पति, बौधायन, बौधायन,

१३.भारद्वाज– चौलागाई, सुवेदी, थपालिया, वैदवार, क्षेत्री, पन्थी, सिलवाल, बिष्ट (सिजापति), वाग्ले, लोहनी, पन्त, अधिकारी (थामी), दुधपोखरेल, शिवाकोटी, देवकोटा, निरौला, जमरकट्टेल, खड्का (लकाई), राउत, कर्णेल, शेर्पाली बस्नेत, पाँडे (कुलेटा), जोशी (लटौला) भार्गव, मनू, यज्ञवल्क्य, लिखित,

१४.वत्स – राणा, कुँवर, लम्साल, दाहाल, रुपाखेती

१५.विश्वामित्र– भट्ट (अलिना, दुवाडी, निरवंशी, रायल र राई) विष्णु, व्यास, शंख, शतताप, संवर्त,हरित आदी । केही थर भने गोत्रमा बाँडिएको पनि पाइन्छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖