• Friday 16th of October 2026

श्रीमतीलाई छोडेर सासु टिपेर ज्वाई फरार


  • धनकुटा खबर
  • .

नेपालीमा छोरी भन्दा आमा तरुनी भन्ने भनाई खुबै चर्चित छ । यस्तै एक घटना अहिले बाहिर आएको छ । मानिसहरु नाता सम्बन्धलाई एकातिर राखेर सम्बन्धको भूमिका निभाउन बिर्सिन थालेका छन । कहिले छोराको बिहे हुनै लाग्दा सम्धिले सम्धिनी भगाउछन त कहिले सासु ज्वाई टिपेर फरार हुन्छिन । ढुक्क हुनुहोस यो घटना नेपालको भने होईन ।

सासुले ज्वाई लिएर भागेको कुरा बेलायतको हो । ३४ बर्षीया लरेनले पार्टनरसँग बिहे भएको खुसियालीमा आमालाई पनि संगै हनिमुन लैजादा जिन्दगीको सबैभन्दा ठुलो गल्ति भएको महसुस गरिरहेकी छिन् । हनिमुनको समयमा ज्वाई सासु बढी नै बोल्ने अनि किच्चिने गर्थे, जुन उनलाई पट्टक्कै पनि मन पर्दैनथ्यो, तर उनले एउटा कुरा भने सपनामा पनि सोचेकी थिइनन की आफ्नै आमाले धोका दिएर आफ्नै श्रीमानसँग विहे गर्छिन ।

विवाह हुनुभन्दा अघि लिभिङ रिलेसमा रहेका लरेन र उनका पार्टनर ह्वाइट पालले सन २००४ अगस्टमा विवाह गरेका थिए । विवाह धुमधामसँगै सम्पन्न भयो उनकी आमाले उनको विवाहमा १४ लाख खर्च गरेकी थिइन् । तर बिवाह भएको ८ हप्तामा पलले लरेनलाइ छोडेर हिडे । लरेनलाई पछि थाहा भयो कि उनका पति पल आमा जुलीसँग बस्न थालेका रहेछन ।

२००५ मा जुलिले ज्वाईको सन्तानको जन्म दिईन र २००७ मा यी दूइले धुमधामसँग विवाह पनि गर्न भ्याए । पति र आमाको विहेमा लरेन पनि सहभागी भएकी थिइन् । संसारमा सबैभन्दा बढी भरोसा र माया गर्ने मान्छेले नै अन्त्यमा धोका दिएपछि लरेनले आफ्नी आमालाई संसारको सबैभन्दा घटिया आमाको दर्जा दिएकि छिन । यी सब भएपछि लरेनले पनि दोस्रो विवाह गरेर सुखमय जीवन विताउदै आएकी छिन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖