• Friday 16th of October 2026

यिनै हुन् धनकुटामा रुख भांचिएर लाग्दा मृत्यु भएका उषा तामांग


  • धनकुटा खबर
  • .

धनकुटा । धनकुटामा रुख भांचिएर लाग्दा एक जना महिलाको मृत्यु भएको छ ।

हिजो करिब दिनको ४:५० बजे धनकुटा नगरपालिका वडा नं ४ को सल्लेरी स्थित कोशी लोकमार्गमा धनकुटाबाट हिले तर्फ जादै गरेको प्रदेश १ -०२-०४९ प ६०४० नम्बरको मोटरसाइकलको पछाडि सवार धनकुटा नपा-१ बस्ने आशिष तामाङको श्रीमती ३० बर्षिय उषा तामाङलाई सोही स्थानमा सडकको छेउमा रहेको शिरिषको रुख आफै भाचिएर छातीमा लाग्दा गम्भीर घाईते भइ उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याई पुर्याउन साथ चिकित्साकले मृत घोषणा गरेका हुन् ।

मोटरसाइकल चालक तामाङ सकुशल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖