• Friday 16th of October 2026

भूलेर पनि दानमा नदिनुहोस् यी चीज, नत्र कहिलै छोड्दैन गरीबी र दरिद्रताले !


  • धनकुटा खबर
  • .

शास्त्रमा दान गर्नुलाई सबैभन्दा ठूलो पुण्य मानिएको छ। दान गर्दा मानिसका विभिन्न समस्याको अन्त्य हुने विश्वास गरिएको छ।साथसाथ भगवानको आर्शिवाद सधैँ मिल्ने पनि बताइएको छ। तर कयौँ पटक मानिसले भूलेर यस्ता चीज दान गरिदिन्छन्, जसले उल्टै पुण्यको साटो नोक्सान पुर्याउने काम गर्छ। शास्त्रमा केही यस्ता चीज बताइएको छ, जो दान गर्नु महापाप मानिएको छ।

आउनुहोस् जानौँ कुन कुन हुन् ती चीज ?
१) भूलेर पनि कुनै व्यक्तिलाई धारिलो बस्तु दान नगर्नुहोस् । यस्तो वस्तुको दान गर्दा तपाईको सुख शान्ति भंग हुने शास्त्रमा उल्लेख गरिएको छ। त्यसैले जस्तो सुकै अवस्थामा पनि धारिलो बस्तुको दान भूलेर पनि नगर्नुहोस्।

२) हुनत व्यक्तिको कुण्डलीमा शनि दोषको प्रभाव भए तेल दान गर्नु राम्रो मानिन्छ। तर यस्तो अवस्थामा खराब तेलको दान भूलेर पनि नगर्नुहोस्। खराब तेलको दान गर्दा तपाईको समय पनि खराब बन्न सक्छ। अर्थात तपाईलाई गरिबी र दरिद्रताले पछ्याउन सक्छ।

३) प्लास्टिक तथा स्टिलको भाँडा पनि दान नगर्नुहोस् । स्टिलको भाँडा दान गर्दा सुख शान्ति हट्ने र प्लास्टिकको भाँडा दान गर्दा व्यापारमा घाटा हुने शास्त्रमा उल्लेख गरिएको छ।

४) कहिलै पनि बासी भोजन दान नगर्नुहोस्। गाई वा कुकुरलाई पनि बासी खाना नखुवाउनुहोस्। कसैलाई बासी भोजन दान गर्दा परिवारका सदस्य बिरामी हुने शास्त्रमा उल्लेख छ।

५) झाडु वा कुचोलाई लक्ष्मी माताको प्रतिक मानिन्छ। त्यसैले कहिलै पनि झाडुको दान नगर्नुहोस्। यसो गर्दा माता लक्ष्मी रुष्ट हुने शास्त्रमा उल्लेख छ। जसका कारण सधैँ धनको हानी हुने गर्छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖