• Friday 16th of October 2026

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको हत्या


  • धनकुटा खबर
  • .

मोरङ – मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एकजना स्टाफ नर्सको हत्या भएको छ ।

सिरहा घर भएकी चन्द्रीका कुमारी दासको हत्या भएको प्रहरीले जनाएको छ ।

दासको कोठा अस्पताल नजिकै रहेको छ । सोही कोठाको बाथरुममा दासको शव फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले जनाएको हो ।

यस विषयमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖