• Monday 19th of October 2026

माधव नेपाल भन्छन्- कांग्रेसलाई वर्ग शत्रु किटान गरेर जान सकिँदैन


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशको सबैभन्दा ठूलो चुनौति संविधान, गणतन्त्र र संघीतालाई समाप्त पार्ने प्रवृत्ति बोकेका पार्टीहरु प्रमुख समस्याको रुपमा रहेको बताएका छन्। रौतहट–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई वर्ग शत्रु घोषणा गरेर जान नसिकिँने बताए।

उनले भने, ‘हाम्रो अहिले हामीले हामीले कांग्रेसलाई प्रमुख शत्रु भनेर जो संविधानको पक्षपोषणा र गणतन्त्रको रक्षाको भूमिका खेल्न सक्दछ त्यसलाई शत्रु घोषणा गर्ने कुरा कुनै हालतमा उचित हुँदैन। विचारमा द्वन्द्व चल्छ कांग्रेससँग पनि प्रतिस्पर्धा हुन्छ। कांग्रेसका विरुद्व संघर्ष पनि हुन्छ। तर, कहिलेकाहिँ सहकार्य पनि हुन्छ। संघर्ष र सहकार्यको कुरा बुझ्न सकिएन भने सम्बन्ध अगाडि बढाउन सकिँदैन। हामीले धेरैभन्दा धेरै मित्र बनाउने हो थोरै शत्रु किटान गर्ने हो।’

अहिले दलाल, नोकरशाही, पूँजीपति वर्ग नेपाली जनताको प्रमुख शत्रु रहेका बताए।उनले थपे, ‘त्यसका विरुद्ध हाम्रो संघर्ष रहन्छ। त्यसो हुँदा हामीले जोसँग सहकार्य गर्दा पार्टी र देश र जनतालाई हित हुने काम गर्छौँ। हाम्रो पार्टीलाई अस्वीकार र वेवास्ता गरेर धोखा दिने काम गर्छ भने हामी समयमै सजक हुन्छौं। हाम्रो पार्टीले राष्ट्रिय राजनीतिमा धेरै ठूलो भूमिका निर्वाह गर्न बाँकी नै छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖