• Monday 19th of October 2026

बाबुरामको नेसपा विभाजित


  • धनकुटा खबर
  • .

काठमाडौं। डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)विभाजित भएको छ । नेसपामा अर्का अध्यक्ष रहेका महिन्द्रराय यादव पक्षधर नेकपा माओवादी केन्द्रमा समाहित भए पछि सो पार्टी विभाजित भएको हो ।यादवसहित भट्टराइलाई लामो समय देखी साथ दिँदै आएका गंगानारायण श्रेष्ठले पनि साथ छाडेका छन्। चैत ३ गते बिहान दुवै पार्टीले एकता गर्ने सहमति गरेका हुन्।

बैठकमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरूङ तथा नेसपाका अध्यक्ष महेन्द्रराय यादव, सह अध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेशप्रसाद यादव सहभागी भएको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो।

‘बैठकले दुवै पार्टीका बीचमा पार्टी एकता गर्ने सहमति गरेको छ’ बैठक पछि जारी प्रेस नोटमा भनिएको छ, ‘पार्टीको नयाँ नामको सन्दर्भमा आगामी महाधिवेसनमा टुंगो लगाउने निर्णय गरिएको छ ।’

सो पार्टी एकताका लागि बैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ। जसअनुसार कार्यदलमा माओवादीका तर्फवाट महासचिव गुरूङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपावाट सह अध्यक्ष श्रेष्ठ र महासचिव यादव सदस्य रहेको जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖