• Friday 16th of October 2026

शिवपुरी जङ्गलमा किशोरीको शव भेटियो घटनामा एक युवक पक्राउ,सुष्माको मोबाइल लामाको घरबाट बरामद


  • धनकुटा खबर
  • .

काठमाडौं— गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ तारेभीर भन्दा माथि शिवपुरी राष्‍ट्रिय निकुञ्ज जङ्गलमा मृत भेटिएकी सुष्मा लामाको हत्या आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा २१ वर्षका रूपेन्द्र लामा छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ।

१२ कक्षामा अध्ययनरत १८ वर्षीया सुष्मा लामालाई हत्या गरेर गाडेको अवस्थामा फागुन २५ मा प्रहरीले शव उत्खनन गरेको थियो। हत्या आरोपित गोकर्णेश्वर नगरपालिका–३ का स्थानीय हुन्।

जापानी भाषा पढिरहेका रूपेन्द्र अनलाइनमार्फत ट्युसन पनि पढाउँछन्। आरोपित र मृतक छिमेकी हुन्।

सुष्माको मोबाइल लामाको घरबाट बरामद भएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖