• Friday 16th of October 2026

एकाबिहानै रोकिराखेको ट्रकमा ठोकियो बस, एकको मृत्यु,चार जना घाइते


  • धनकुटा खबर
  • .

चितवन- नारायणगढ–मुग्लिन सडक अन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित टायर पञ्चट भई रोकिराखेको ट्रकमा यात्रुबहाक बस ठोक्किएको छ ।

आज बिहान २ः४० बजेको समयमा रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ८५२४ नम्बरको बसले रोकी राखेको ना ६ ख ३२८० नम्बरको ट्रकलाई ठक्कर दिँदा बसमा सवार एक जना विरामी यात्रुको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भारत मोतिहारी जिल्ला चम्पारण बस्ने अन्दाजी ३७ वर्षीय गौरी दास रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

घाइते हुनेमा ट्रक चालक पर्सा विरगन्ज महानगरपालिका–२३ बस्ने ३३ वर्षको हाकिम मिया (खुट्टामा मध्यम चोट), बसमा सवार सर्लाही बरहथवा नगरपालिका मिलनचोक बस्ने बर्ष २५ की पुजा गुप्ता (मुखमा मध्यम चोट), भारत सितामढि जिल्ला रमनगरा बस्ने बर्ष ३२ को अम्बर नाथ कुमार (टाउकोमा मध्यम चोट) र भारत विहार राज्य मजापुर जिल्ला बस्ने बर्ष ३९ कि रिता गुप्ता (सामान्य) रहेका छन् ।

उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बस चालक नवलपरासी (सुस्तापुर्व) कावासोती नगरपालिका–१४ बस्ने बर्ष ३९ को लक्ष्मण गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖