सर्लाही । आत्महत्या दुरुत्साहन मुद्दामा सर्लाहीको बागमतीबाट बाबुछोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४८ वर्षका सुमन्तराज देवकोटा र उनका छोरा अन्दाजी १९ वर्षका अर्जुन देवकोटा रहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
बागमती नगरपालिका वडा नम्बर २ धराहरा बस्ने ३७ वर्षीया जानुका भनिने भावना कार्कीले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोटका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कार्कीले लेखेको उक्त सुसाइड नोटमा आफूलाई श्रीमान् र छोराले दिनुहँजसो शारीरिक मानसिक यातना दिएको उल्लेख छ । भावनाले गएको फागुन २१ गते आत्महत्या गरेकी थिइन् ।
उनका श्रीमान् र छोरालाई भने प्रहरीले चैत २ गते बागमती नगरपालिका २ धरहराबाट पक्राउ गरेको जानकारी दिएको हो । झुण्डिएर आत्महत्या गरेकी भावनाको उक्त सुसाइड नोट अनुसार श्रीमान् र छोराविरुद्ध ज्यानसम्बन्धी कसूर (आत्महत्या दुरुत्साहन) मुद्दा चलाइने पनि प्रहरीले जनाएको छ ।-तेराइ अनलाइन
