• Friday 16th of October 2026

१८ वर्षीया सुष्मा लामा हत्या प्रकरण: काठमाडौँबाट एक जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँमा शव गाडिएको अवस्थामा फेला परेकी सुष्मा लामा हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले दिएको जानकारीअनुसार उनलाई काठमाडौँबाटै पक्राउ गरिएको हो।

उनलाई आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले आरोपितको नाम भने अहिल्यै खुलाउन चाहेन। ‘हामी आजै पत्रकार सम्मेलन गरेर आरोपितसहित घटना विवरण सार्वजनिक गर्ने तयारीमा छौँ’, ती अधिकारीले भने।

गत फागुन २५ गते प्रहरीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ तारेभीरभन्दा माथि शिवपुरी राष्‍ट्रिय निकुञ्ज जंगलमा गाडिएको अवस्थामा १८ वर्षीया सुष्माको शव फेला पारेको थियो। गत फागुन २४ गते राति शरीर गाडिएको र दुईवटा हात मात्रै देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

खबर पाएलगत्तै गोकर्णस्थित प्रहरी प्रभागबाट खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित गरेको थियो। भोलिपल्ट बिहानै काठमाडौँ जिल्ला प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त (बौद्ध) बाट अनुसन्धान अधिकृतसहितको टोली गएर खाल्डोबाट शव निकालेको थियो।

त्यस क्रममा शव गोकर्णेश्वर नगरपालिका–३ बस्ने १८ वर्षीया सुष्मा लामाको भएको प्रहरीले पत्ता लगाएको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖