• Friday 16th of October 2026

बिरामीलाई कम्बल ओढाउने भारतीय बाबा शिविरबाटै बेपत्ता, खोज्दै वीरगञ्ज प्रहरी


  • धनकुटा खबर
  • .

जनकपुरधाम । ‘कालो कम्बल वाले बाबा’ का नामले भाइरल बनेका भारतीय बाबा गणेश भाइ गुर्जर वीरगञ्जबाट सम्पर्कविहीन बनेका छन् ।

शिविर चलाउन उनी फागुन ३० मा वीरगञ्ज आएका थिए । चैत १० गतेसम्म शिविर चलाउने भनिएपनि उनी अचानक सम्पर्कवाहिर बनेका हुन् । उनी बेपत्ता बनेपछि शिविरमा उपचार गराउन आएकाहरूले लफडा गरेका छन् ।

उनले जुनसुकै बिरामीलाई कम्बल ओढाएरै निको पार्ने दाबी गर्थे । भारतमा लामो समयदेखि कम्बल ओढाएरै बिरामी निको पार्ने गरेको भन्दै उनी एकाएक भाइरल बनेका थिए । मिडियामा पनि पटक पटक आएका उनको यो शैली चासो र रहस्यमय बनेको थियो ।

वीरगञ्जमा शिविर चलाउने खबर फैलिएपछि टाढाटाढाबाट उपचार गराउन आएकाहरू भने बाबा सम्पर्कविहीन बनेपछि सडक जाम पार्दै प्रदर्शन गरिरहेको पर्साका प्रहरी प्रवक्ता कुमारविक्रम थापाले बताए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖